७ माघ २०८२, बुधबार | January 21, 2026

निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय



काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने निर्णय गरेको छ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ गते निर्धारित राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन दुवैमा पार्टीले प्रतिस्पर्धा गर्ने औपचारिक निर्णय गरेको हो। कांग्रेसले सरकारलाई निर्वाचनमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।

निर्वाचन तयारीका लागि कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ। बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावित निर्णयहरू प्रस्तुत गरेपछि केन्द्रीय समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। “प्रतिनिधिसभा निर्वाचनको मिति घोषणासँगै वर्तमान राजनीतिक परिस्थितिको स्वाभाविक समाधान निर्वाचन नै हो भन्ने ठहर गर्दै कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ,” महामन्त्री थापाले बैठकमा भने।

असोज २८ गतेदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठकबीचमा केही समय रोकिए पनि सहमतिको प्रयासपछि पुनः सुरु भई आज औपचारिक निष्कर्षमा पुगेको हो। बैठकले आगामी महाधिवेशनको टुंगो भने लगाउन सकेन ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : २६ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा