२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय



काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने निर्णय गरेको छ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ गते निर्धारित राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन दुवैमा पार्टीले प्रतिस्पर्धा गर्ने औपचारिक निर्णय गरेको हो। कांग्रेसले सरकारलाई निर्वाचनमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।

निर्वाचन तयारीका लागि कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ। बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावित निर्णयहरू प्रस्तुत गरेपछि केन्द्रीय समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। “प्रतिनिधिसभा निर्वाचनको मिति घोषणासँगै वर्तमान राजनीतिक परिस्थितिको स्वाभाविक समाधान निर्वाचन नै हो भन्ने ठहर गर्दै कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ,” महामन्त्री थापाले बैठकमा भने।

असोज २८ गतेदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठकबीचमा केही समय रोकिए पनि सहमतिको प्रयासपछि पुनः सुरु भई आज औपचारिक निष्कर्षमा पुगेको हो। बैठकले आगामी महाधिवेशनको टुंगो भने लगाउन सकेन ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : २६ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने