१३ भदौ २०८३, शनिबार | August 29, 2026

मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताले थालेको पछिल्लो अभियानले नेपालभित्र मात्र होइन, विश्वभर बसेका नेपालीहरूलाई समेत उद्वेलित पारेको बताएका छन्।

शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उनले भने, “जेनजी युवाहरूको आन्दोलनले देशलाई हल्लाइदियो। यसले नयाँ चेतना र ऊर्जातर्फ अगाडि बढ्न प्रेरित मात्र गरेन, बाध्य पनि बनायो।”

उनका अनुसार भदौ २३ र २४ मा जेनजी पुस्ताले चलाएको आन्दोलनले देशैभर नयाँ अवस्था सिर्जना गर्‍यो र नेपाल निर्माणको दिशामा नयाँ सोच जन्माउन महत्वपूर्ण भूमिका खेलेको छ।

प्रचण्डले जेनजी पुस्ताले उठाएका मुद्दाहरू पार्टीले पहिलेदेखि नै उठाइरहेको दाबी गरे। “विगतका कमजोरी सच्याएर नयाँ ढङ्गले मुलुक निर्माण गर्ने वातावरण तपाईंहरूले तयार गरिदिनुभयो,” उनले उल्लेख गरे।

प्रचण्डले आफ्नै राजनीतिक यात्राको स्मरण गर्दै १६ वर्षमै पार्टीमा आवद्ध भएको, २७ वर्षमा अखिल नेपाल युवक संघको अध्यक्ष बनेको र ३५ वर्षमै पार्टीको प्रमुख जिम्मेवारी सम्हालेको जानकारी दिए। जनयुद्धदेखि पछिल्ला परिवर्तनसम्मका उपलब्धिहरूलाई उनले ऐतिहासिक चरणका रूपमा स्मरण गरे।

अब मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको बताउँदै उनले भने, “हामीले अब देश बनाउने जिम्मेवारी तपाईंहरूलाई सुम्पिनुपर्छ। नयाँ नेपालको सपना सँगै पूरा गर्ने संकल्प लिनुपर्नेछ।”

कार्यक्रममा काठमाडौं उपत्यका र वरपरका जिल्लाबाट आएका धेरै जेनजी युवाहरू नेकपामा प्रवेश गरेका थिए। संयोजक प्रचण्डले तिनीहरूलाई खादा, अविर र माला लगाएर स्वागत गरे।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ४ : ३१ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको