१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताले थालेको पछिल्लो अभियानले नेपालभित्र मात्र होइन, विश्वभर बसेका नेपालीहरूलाई समेत उद्वेलित पारेको बताएका छन्।

शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उनले भने, “जेनजी युवाहरूको आन्दोलनले देशलाई हल्लाइदियो। यसले नयाँ चेतना र ऊर्जातर्फ अगाडि बढ्न प्रेरित मात्र गरेन, बाध्य पनि बनायो।”

उनका अनुसार भदौ २३ र २४ मा जेनजी पुस्ताले चलाएको आन्दोलनले देशैभर नयाँ अवस्था सिर्जना गर्‍यो र नेपाल निर्माणको दिशामा नयाँ सोच जन्माउन महत्वपूर्ण भूमिका खेलेको छ।

प्रचण्डले जेनजी पुस्ताले उठाएका मुद्दाहरू पार्टीले पहिलेदेखि नै उठाइरहेको दाबी गरे। “विगतका कमजोरी सच्याएर नयाँ ढङ्गले मुलुक निर्माण गर्ने वातावरण तपाईंहरूले तयार गरिदिनुभयो,” उनले उल्लेख गरे।

प्रचण्डले आफ्नै राजनीतिक यात्राको स्मरण गर्दै १६ वर्षमै पार्टीमा आवद्ध भएको, २७ वर्षमा अखिल नेपाल युवक संघको अध्यक्ष बनेको र ३५ वर्षमै पार्टीको प्रमुख जिम्मेवारी सम्हालेको जानकारी दिए। जनयुद्धदेखि पछिल्ला परिवर्तनसम्मका उपलब्धिहरूलाई उनले ऐतिहासिक चरणका रूपमा स्मरण गरे।

अब मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको बताउँदै उनले भने, “हामीले अब देश बनाउने जिम्मेवारी तपाईंहरूलाई सुम्पिनुपर्छ। नयाँ नेपालको सपना सँगै पूरा गर्ने संकल्प लिनुपर्नेछ।”

कार्यक्रममा काठमाडौं उपत्यका र वरपरका जिल्लाबाट आएका धेरै जेनजी युवाहरू नेकपामा प्रवेश गरेका थिए। संयोजक प्रचण्डले तिनीहरूलाई खादा, अविर र माला लगाएर स्वागत गरे।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ४ : ३१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले