२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

एनपिएलः विराटनगरको दोस्रो जित



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो ।

काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । जसमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन भट्टले २४, लोकेश बमले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ रनको योगदान दिए । बलिङमा काठमाडौँका शाहव आलमले दुई, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । जसमा आदिल आलमले सर्वाधिक ४८ रनमा अविजित रहे । बेन चाल्सवर्थ ३२, सन्तोस यादवले २६ रन जोडे । विराटनगरका मर्चेन्ट डे लाङले दुई, कप्तान सन्दीप लामिछाने, शुभम् रन्जाने र सूर्य तामाङले एक/एक विकेट हात पारे ।

पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । तेस्रो खेल खेलेको काठमाडौँले भने दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

यो जितपछि विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ । काठमाडौँ तेस्रो स्थानमा छ । सुदूरपश्चिम शीर्ष स्थानमा कायमै छ । यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि नौ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ५२ बजे

एमालेमा आमूल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे

बुटवल । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले

अन्तिम समयमा गोल खाँदा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा

एसपी थापालाई संघमा स्वागत : ट्राफिक व्यवस्थापनमा बुटवललाई नमुना बनाउन सुझाव

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल प्रहरी लुम्बिनी प्रदेश राजमार्ग

वेस्टर्न मेगा कलेज बुटवलमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बुटवल । बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने

बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई