७ आश्विन २०८३, बुधबार | September 23, 2026

विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास



विराटनगर । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास गरिएको छ । आइतबार सुनसरीको इटहरीमा आयोजना भएको कार्यक्रममा सहभागी हुन आएका बस्नेतमाथि विमानस्थलबाहिर रातो मसी छ्यापेर आक्रमण गर्न खोजिएको हो ।

सुरक्षा चुनौती र संवेदनशीलताका कारण उनीहरूको भ्रमणलाई पार्टी तथा सुरक्षा निकायले गोप्य राखेका थिए । विराटनगर विमानस्थलमा अवतरण गरेलगत्तै बस्नेतलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको थियो ।

सुरक्षाको उच्च अवस्थामा उनलाई सर्वसाधारण यात्रु निस्कने मुख्य गेटबाटै स्कर्टिङ गर्दै गन्तव्यतर्फ लगिइरहेको बेला आक्रमणको प्रयास भएको हो । सुरक्षा निकाय ‘हाई अलर्ट’मा रहे पनि दुई युवाले मसी छ्याप्दै आक्रमण गर्न खोजेको प्रहरी स्रोतले जनाएको छ ।

नेता बस्नेत राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशले इटहरीमा आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर-संवाद’ कार्यक्रममा सहभागी हुन विराटनगर आएका थिए । उनीसँगै एमाले नेता भानुभक्त ढकाल पनि उक्त कार्यक्रममा उपस्थित छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ११ : ३० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज