७ आश्विन २०८३, बुधबार | September 23, 2026

विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत



विराटनगर । विराटनगर विमानस्थलमा एमाले नेता तथा पोलिट्ब्युरो सदस्य महेश बस्नेतमाथि रातो मसी फ्याँकेर आक्रमण प्रयास गरिएको घटनापछि उनले कडा प्रतिक्रिया दिएका छन् ।

आइतबार विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा जेनजी समूहका नाममा जम्मा भएका प्रदर्शनकारीहरूले बस्नेत सवार गाडीमा रातो रङ फ्याँकेका थिए । यस क्रममा प्रदर्शनकारीहरूले नाराबाजीसमेत गरेका थिए । घटनापछि सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस्नेत एमालेको इटहरीमा आयोजना भएको कार्यक्रमका लागि कोशी प्रदेश आएका थिए । घटनापछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रतिक्रियामा उनले आफू विरुद्ध भएको आक्रमण प्रयासलाई ‘गम्भीर र निन्दनीय’ उल्लेख गरेका छन् ।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा विरोध गर्नु प्रत्येक नागरिकको अधिकार भए पनि त्यसको सीमा हुन्छ । “शान्तिपूर्ण रूपमा व्यक्त गरिएको विरोध वैध हुन सक्छ, तर हिंसात्मक व्यवहार कुनै हालतमा स्वीकार्य हुँदैन,” बस्नेतले भने ।

आफूमाथि आक्रमण प्रयास भएको बेला तत्कालै प्रहरीले देखाएको सक्रियताप्रति उनले आभार व्यक्त गरेका छन् । साथै उनले अवरोध र बाधाबीच पनि युवा संघ नेपाल, कोशी प्रदेशद्वारा आयोजना गरिएको जागरण सभा विराटनगरमा सुरु भएको जानकारी गराएका छन् ।

बस्नेतका अनुसार सकारात्मक ऊर्जा र उच्च सहभागितासहितको उक्त अभियानले देशभर नयाँ सन्देश प्रवाह गर्नेछ ।

पछिल्ला दिनमा जेनजी समूहको नाममा एमाले नेताहरु, विशेषतः बस्नेतविरुद्ध विभिन्न स्थानमा उग्र विरोध हुँदै आएको छ । इटहरी, सिमरा र मधेसका थुप्रै स्थानमा उनीमाथि आक्रमण प्रयास र विरोध प्रदर्शन देखिएको छ । सिमरामै तीन दिनसम्म अवस्था तनावपूर्ण बनेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज