११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

खजुरा प्रहरीमा क्युआरबाट प्रहरी सेवा लिन सकिने



खजुरा । बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीमा अवदेखि सेवाग्राहीले क्युआर कोडको माध्यमबाट सेवा लिन सक्ने छन् । इलाका प्रहरी कार्यालयले सेवामा आधुनिकीकरण गर्दै क्युआर कोड प्रणाली प्रयोगमा ल्याएसँगै प्रहरीबाट सेवा लिन सेवाग्राहीलाई सहज हुने भएको छ ।

प्रविधिको ज्ञान भएका सेवाग्राहीलाई लक्षित गर्दै क्युआर कोडमै विभिन्न निवेदनका नमुनाहरु कार्यालयको गेटमा राखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। प्रविधिको ज्ञान नभएका सेवाग्राहीलाई भने कार्यालय परिसरमै निःशुल्क पीडितहरुको निवेदन लेख्ने गरिएको इलाका प्रहरी कार्यालय धर्नालीका प्रमुख प्रहरी निरीक्षक नविन चापागाईले बताए ।

नागरिकका गुनासा, समस्यालाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न यो प्रविधि लागू गरिएको उनले बताए । पहिले परम्परागत तरिकाबाट सेवा दिँदै आएकोमा अहिले क्युआर कोडको प्रयोगसँगै नागरिकलाई सहज पहुँच बढ्ने, समय बचत हुने र सेवा प्रवाह अझ द्रुत तथा व्यवस्थित हुने उनले विश्वास लिएका छन् । प्रहरीको कार्य सम्पादनको गुनासो सिधै जिल्लामा जाने र अन्य क्युआरबाट बिषयगत निवेदनहरुको नमूना हेर्न सकिने व्यवस्था मिलाइएको गुनासाहरु क्युआर गर्दा जिल्ला प्रहरी कार्यालयमा सिधै जाने व्यवस्था भएबाट इलाका प्रहरीको कार्य सम्पादन पारदर्शी हुने अपेक्षा गरिएको छ ।

धनौली प्रहरीले विभिन्न ९ वटा निवेदनका लागि छुट्टाछुट्टै क्युआर कोडका नमुना सार्वजनिक गरेको छ। ठाडो उजुरी, बालबालिका हराएको, मोटरसाइकल हराएको, मानिस हराएको, साइबर अपराध, घरेलु हिँसा, जाहेरी दरखास्त, मोबाइल हराएको, दुर्घटना प्रमाणित जस्ता उजुरी गर्दा आवश्यक पर्ने निवेदनको नमुना र आवश्यक कागजातको विवरण क्युआरमा समावेश गरिएको प्रहरीले जनाएको छ ।

क्युआर कोडमार्फत आउने उजुरीहरूको वर्गीकरण गरी तत्काल आवश्यकताअनुसार सम्बोधन गरिने धनौली प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : १८ बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा