२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जीवतका लागि १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनायो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । साथै आरिफ शेखले २७ रनको योगदान दिए । सुदूरपश्चिमलाई सामान्य योगफलमा समेट्ने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे ।

सुदूरपश्चिम आज कर्णालीविरुद्ध जीत निकाल्दै तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ । साथै पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज दोस्रो जितको खोजीमा छ । कर्णालीले आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : १० बजे

एमालेमा आमूल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे

बुटवल । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले

अन्तिम समयमा गोल खाँदा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा

एसपी थापालाई संघमा स्वागत : ट्राफिक व्यवस्थापनमा बुटवललाई नमुना बनाउन सुझाव

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल प्रहरी लुम्बिनी प्रदेश राजमार्ग

वेस्टर्न मेगा कलेज बुटवलमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बुटवल । बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने

बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई