१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जीवतका लागि १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनायो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । साथै आरिफ शेखले २७ रनको योगदान दिए । सुदूरपश्चिमलाई सामान्य योगफलमा समेट्ने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे ।

सुदूरपश्चिम आज कर्णालीविरुद्ध जीत निकाल्दै तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ । साथै पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज दोस्रो जितको खोजीमा छ । कर्णालीले आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : १० बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा