२२ भदौ २०८३, सोमबार | September 7, 2026

कप्तान ऐरीको उत्कृष्ट प्रदर्शनको बलमा सुदूरपश्चिमद्वारा कर्णाली पराजित



काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनको बलमा सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई पराजित गर्दै लगातार तेस्रो जीत दर्ता गरेको छ । कर्णालीमाथिको जितसँगै टोलीले ६ अंक जोड्दै उत्कृष्ट सुरुवात कायम राखेको छ ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेट गुमाउँदै १३९ रनको योगफल बनाएको थियो । टोलीका कप्तान ऐरीले २८ बलमा एक चौका र दुई छक्काको मद्दतले ३९ रन जोड्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोर बनाउन मद्दत गरे । आरिफ शेखले २५ बलमा २७ रन, हरमित सिंहले १९ रन र क्रिस लिनले १८ रन योगदान दिए ।

१४० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कर्णाली १९.२ ओभरमै ९४ रनमै समेटियो । टोलीका पवन सर्राफले २७ रन बनाए भने मार्क वाटले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रनको योगदान गरे। बाँकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् ।

सुदूरपश्चिमका लागि ऐरीले सानदार बलिङ गर्दै चार विकेट लिए । त्यस्तै, हरमित सिंहले दुई विकेट, स्कट कुग्लेजिन, हेमन्त धामी र अविनास बोहराले एक-एक विकेट हात पारे ।

कर्णालीका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे । मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक-एक विकेट जोडे ।

एनपीएलअन्तर्गत मंगलबार अपराह्न ४ बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : ५६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा