१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनपीएलमा आज लुम्बिनी र काठमाण्डु भिड्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज आमनेसामने हुने भएका छन् । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र करण केसी कप्तान रहेको काठमाण्डु गुर्खाजबीच दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा खेल सुरु हुनेछ ।

प्रतियोगितामा काठमाण्डुले तीन खेल खेलेको छ भने लुम्बिनीले दुई खेल खेलेको छ । दुवै टिमसँग हाल समान दुई-दुई अंक छन् । काठमाण्डुले उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो । तर, त्यसपछि उसले लगातार दुई खेलमा पराजय बेहोर्नु परेको छ । दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले र तेस्रो खेलमा विराटनगरसँग ५ विकेटले पराजित भएको हो ।

लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । तर दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटको हार व्यहोर्नु परेको छ ।

अंक तालिकामा काठमाण्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा छन् । आजको खेल दुवै टिमका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ, किनकि दुवैले प्रतियोगितामा लय समात्न जित आवश्यक छ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्ससहित आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन् ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले समान ६ अंक बनाएका छन् । नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने विराटनगर दोस्रोमा छ । काठमाडौं, लुम्बिनी, चितवन र कर्णाली क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

जनकपुर र पोखरा एभेन्जर्सले भने खेलेका दुई खेलमै अंक जोड्न सकेका छैनन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ५१ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी