काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर लुम्बिनीले पहिला फिल्डिङको निर्णय गरेको हो ।
काठमाडौं दोस्रो जितको खोजीमा मैदान उत्रिएको छ । काठमाडौंले यसअघिका तीन खेलमध्ये एक जित र दुई हार व्यहोरेको छ । जनकपुर बोल्ट्सलाई हराउँदै सकारात्मक सुरुवात गरेको काठमाडौं सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो ।
लुम्बिनी लायन्स पनि दोस्रो जित निकाल्ने उद्देश्यसहित आजको खेलमा उत्रिएको छ । लुम्बिनीले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको थियो । कर्णाली याक्ससँग पराजित भएको लुम्बिनीले चितवन राइनोजलाई हराउँदै महत्वपूर्ण अंक जोडेको थियो ।
दुवै टिमका लागि आजको खेल लिगमा आफ्नो स्थिति मजबुत पार्ने अवसरको रूपमा हेरिएको छ ।


















प्रतिक्रिया