२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रनको प्रतिस्पर्धात्मक योगफल बनायो ।

काठमाडौंका ओपनर आकाश त्रिपाठीले ३२ रन योगदान दिए । उनले ३६ बलमा चार छक्का प्रहार गर्दै इनिङ सम्हाले। त्यस्तै, सन्तोष यादवले १६ बलमा दुई छक्कासहित २६ रन जोडे ।

शीर्षक्रममा खेल्न आएका मिलिन्द कुमार र गेरहार्ड इरास्मसले समान १७-१७ रन बनाए । अन्त्यतिर कप्तान करण केसीले आक्रामक प्रहार गरे पनि उनको क्याच लुम्बिनीका सन्दीप जोराले छुटाएका कारण जीवनदान पाएका थिए । रसिद खानले १४ रन जोडे भने बेन चार्ल्सवर्थ भने ‘डक आउट’ भएका थिए ।

बलिङतर्फ लुम्बिनीका कप्तान रोहितकुमार पौडेल, रुबेन ट्रम्पेलमन, शेर मल्ल र गुलबद्दिन नैबले समान दुई-दुई विकेट लिँदै काठमाण्डूलाई दवाबमा राखे ।

यो खेल काठमाडौंको चौथो खेल हो र टोली दोस्रो जितको खोजीमा छ । काठमाडौंले यसअघि जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो तर दोस्रो र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग हार बेहोरेको थियो ।

लुम्बिनीको यो तेस्रो खेल हो । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग नौ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ५५ बजे

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ

एमालेमा आमूल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे

बुटवल । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले

अन्तिम समयमा गोल खाँदा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा