१४ माघ २०८२, बुधबार | January 28, 2026

नेवा: सेवा समिति बुटवलले मनायो २० औँ स्थापना दिवस, सांस्कृतिक संरक्षणमा निरन्तर प्रतिबद्धता



बुटवल । नेवा: सेवा समिति बुटवलले मंगलबार आफ्नो २० औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित समाजसेवी रविन्द्र गोपाल लाकौलले समितिले दुई दशकको यात्रामा देखाएका गतिविधि प्रशंसनीय रहेको उल्लेख गर्दै नेवा: समुदायको सांस्कृतिक अनुशासन, परम्परा र सामाजिक सेवाको भावना आजको समाजका लागि मार्गदर्शक बन्नसक्ने बताए ।

कार्यक्रममा समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले २० वर्षको यात्रा सहज नभए पनि समुदायको साथ र सदस्यहरूको निरन्तर प्रतिवद्धताले संस्थालाई उल्लेखनीय रूपमा अघि बढ्न सफल भएको बताए । उपाध्यक्ष सारदा श्रेष्ठले नेवा: समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा समिति निरन्तर सक्रिय रहेको बताइन् ।

नेवा पुच-नेवा विकास परिषद्का अध्यक्ष काजिमान श्रेष्ठ, निसा देय दबु बुटवलकी अध्यक्ष सीता जोशी, तानसेन गुठीका अध्यक्ष केदार प्रसाद श्रेष्ठलगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्दै २० वर्षदेखि निरन्तर संस्कृतिको जगेर्ना गर्दै आएको समितिको भूमिकाको प्रशंसा गरे ।

स्थापना दिवसको अवसरमा समितिले आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा अग्रसर विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको पनि समितिले जानकारी दिएको छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा आयुष्मा श्रेष्ठ, प्रशन्न श्रेष्ठ, सुजल खड्का, कृष्ती श्रेष्ठ र रितु गाहा रहेका छन् । कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए। कार्यक्रम समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : २५ बजे

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

श्री नेवा: सेवा समिति बुटवलद्वारा सामूहिक ईही र कय्ता पूजा माघ २१ र २२ गते आयोजना हुँदै

बुटवल । श्री नेवा: सेवा समिति बुटवलले विगतका वर्षहरूमा झैँ