१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सत्तापक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसहित संघर्षका कार्यक्रम सुरु गर्न लागेको छ । हालै बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीले उठाउँदै आएका मुख्य राजनीतिक माग तथा राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेको थियो ।

पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आज (बुधबार) जिल्लास्तरमा प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । यसैलाई संघर्षको औपचारिक सुरुवात मानिएको छ ।

घोषित तालिकाअनुसार जसपाले मंसिर ११ देखि १५ गतेसम्म देशभरका संसदीय निर्वाचन क्षेत्रअन्तर्गतका प्रमुख सहर तथा बजार क्षेत्रमा विरोध प्रदर्शन र कोणसभा गरी जनपरिचालन सञ्चालन गर्नेछ ।

त्यस्तै, मंसिर १९ र २१ गते जिल्लासदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयहरू अगाडि पार्टीका मागहरू अंकित प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिने निर्णय गरिएको छ ।

संघर्षकै अर्को चरणअन्तर्गत मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोधसभा तथा जनसभा आयोजना गरिने जसपाले जनाएको छ । प्रदेशस्तरीय विरोध कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते भैरहवामा जनप्रदर्शन एवं विरोधसभा गरिने प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ५९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा