२० माघ २०८२, मंगलबार | February 3, 2026

जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सत्तापक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसहित संघर्षका कार्यक्रम सुरु गर्न लागेको छ । हालै बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीले उठाउँदै आएका मुख्य राजनीतिक माग तथा राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेको थियो ।

पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आज (बुधबार) जिल्लास्तरमा प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । यसैलाई संघर्षको औपचारिक सुरुवात मानिएको छ ।

घोषित तालिकाअनुसार जसपाले मंसिर ११ देखि १५ गतेसम्म देशभरका संसदीय निर्वाचन क्षेत्रअन्तर्गतका प्रमुख सहर तथा बजार क्षेत्रमा विरोध प्रदर्शन र कोणसभा गरी जनपरिचालन सञ्चालन गर्नेछ ।

त्यस्तै, मंसिर १९ र २१ गते जिल्लासदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयहरू अगाडि पार्टीका मागहरू अंकित प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिने निर्णय गरिएको छ ।

संघर्षकै अर्को चरणअन्तर्गत मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोधसभा तथा जनसभा आयोजना गरिने जसपाले जनाएको छ । प्रदेशस्तरीय विरोध कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते भैरहवामा जनप्रदर्शन एवं विरोधसभा गरिने प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ५९ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट