२२ भदौ २०८३, सोमबार | September 7, 2026

रवि बोपाराको आक्रामक ब्याटिङमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य



काठमाडौं । मध्यक्रमका भरोसायोग्य ब्याटर रवि बोपाराको उत्कृष्ट अर्धशतकको बलमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध १७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७४ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो ।

चितवनका लागि बोपाराले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ६५ रनको प्रभावशाली पारी खेले । यो एनपीएलको दोस्रो संस्करणमा उनको लगातार तेस्रो अर्धशतक हो। यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध पनि अर्धशतक बनाएका थिए ।

बोपाराले ६६–३ को अवस्थामा सैब जैबसँग ४९ रनको साझेदारी गर्दै इनिङ उकासे । त्यसपछि उनले ११५–४ को स्थितिबाट पाँचौँ विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गर्दै चितवनलाई चुनौतीपूर्ण स्कोरसम्म पुर्‍याए । जैबले ३२ रन बनाए ।

कप्तान कुशल मल्लले १४ बलमा एक चौका र एक छक्कासहित २० रन जोड्दा, देव खनालले २२ बलमा २८ रन बनाए । डेविड मलानले पनि नौ बलमा तीन चौकासहित छिटो १७ रन थपे ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लिंगेले समान दुई–दुई विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दै २४ रन खर्चिए। सुभव रन्जानेलाई एक विकेट मिल्यो ।

प्रतियोगितामा विराटनगर यसअघिका तीनै खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले, दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पाँच विकेटले तथा तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो ।

चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार ब्यहोरेको थियो । आजको खेलमा दुवै टोली आफ्नो लय कायम राख्ने लक्ष्यमा मैदान उत्रिएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ५० बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा