२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी लायन्सको मध्यम सुरुआत



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले पहिलो ६ ओभरमा एक विकेट गुमाएर ५० रन बनाएको छ ।

हाल क्रिजमा रहेका ओपनर सुमित महर्जनले १६ रन जोडेका छन् । कप्तान रोहितकुमार पौडेलले १४ रन बनाएर खेलिरहेका छन् ।

त्यसअघि, पभेलियन फर्किएका ओपनर डीे’एर्सी शर्टले १८ रनको योगदान गरे ।

सुदूरपश्चिमका हमेन्त धामीले एक विकेट लिए । उनले सर्टको विकेट लिएका हुन् । सुदूरपश्चिम हालसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष स्थानमा छ ।

सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रन, पोखरा एभेन्जर्सविरुद्ध १८ रन र कर्णली याकक्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।

लुम्बिनी लायन्सको प्रदर्शन भने मिश्रित देखिएको छ । तीन खेल खेल्दा लुम्बिनीले एक जित र दुई हार व्यहोरेको छ । आजको खेलमा पनि हार व्यहोरे लुम्बिनीको प्लेअफ समीकरण कठिन बन्ने निश्चित छ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेट र तेस्रोमा काठमाण्डू गोर्खाजसँग २२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १२ : २५ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा