१४ चैत्र २०८२, शनिबार | March 28, 2026

राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ…



काठमाडौं ।
‘केही भोकि जस्तो लाग्छ भुइँमा पात खस्दा पनि,
घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।’ 
विसं २०६३ मा राष्ट्रकवि माधव घिमिरेले आफ्नो निवास लैनचोरस्थित अलकाबस्तीमा गीतकार एवं रेडियोकर्मी रमेश पौडेलको गीति पुस्तक हात परेपछि यसलाई रुचिपूर्वक पढ्नुभएको थियो । कतिपय गीत गीतकारबाट पनि सुनेका थिए । ‘आभाषित् आलाप’ प्रकाशन भएलगत्तै पौडेल कविवर घिमिरेको निवास पुगेका थिए ।
“ओहो १ यो गीत पो रेकर्ड गर्नु पथ्र्यो त । शक्तिवल्लभलाई सङ्गीत भर्न दिनु ।”, राष्ट्रकवि घिमिरेले भनाइ अहिले पनि गीतकार पौडेललाई झल्झल्ती सम्झना छ । राष्ट्रकवि घिमिरेलाई अन्तराको यो हरफले झन् छोएको थियो ।
‘मै फक्र्ये कि भन्दा होलान् गाउँमा कोही पस्दा पनि
घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।’
त्यसपछि शक्तिवल्लभलाई किताब दिँदै रमेशले राष्ट्रकविले भनेको कुरा सुनाए। तत्काली बेला गीत रेकर्ड गर्न निकै खर्च लाग्थ्यो । छोरा–छोरीको पढाइ शुल्क तिर्ने धौधौ हुने बेला रमेशलाई गीतका लागि खर्च गर्ने आँट आएन । उनका ज्वाइँ अमित घिमिरेले संयुक्त अधिराज्य बेलायतबाट एआईमा स्नातकोत्तरअन्तर्गत एआईमा विशिष्ट श्रेणी ल्याएपछि रमेशको गीतले एआईसँग नाता जोड्ने अवसर पायो ।
“बाबा, गीत रेकर्ड गर्न अब एआईबाटै बनाएर अर्काइभ गर्नुस्”, छोरी आकृतिले भनेपछि पनि विश्वास भने लागिरहेको थिएन । ‘एआईले सिर्जनशीलता मार्र्छ’ भन्ने उनलाई लागिरहेको थियो ।
अमितकै भुक्तानी खाता (पेइड एकाउन्ट)बाट ‘सुनो एआईको फ्रि भर्सन’मा आफ्ना मैलिक गीत हालेपछि चित्तबुझ्दो मेलोडीसहित उच्चारण भएको पौडेलले बताए । उक्ता खाताबाट बनाइएको गीतमा युट्युबले कपिराइट (प्रतिलिपि अधिकार) नहान्ने उनको भनाइ छ ।
“राष्ट्रिय भावनाले भरिएको यो गीतको ‘म्यानुअल्ली लिरिकल भिडियो’ (साङ्गीतिक श्रव्यदृश्य सामग्री) बन्यो । युट्युबमा सकारात्मक प्रतिक्रिया पनि आयो”, मल्टिमिडियामा अभिरूचि राख्ने गीतकार पौडेलले भने, “सुनोलाई गीतमा चाहिने आवश्यक निर्देशन दिइयो भने चाहेजस्तै मेलोडी र स्पष्ट उच्चारण दिने रहेछ । म च्याट जिपिटी चलाउँदिन, उहिल्यै लेखेका मौलिक सिर्जनामा मात्रै हाल्छु । गति, यति र लय मिलेका गीतमा ५० प्रतिशत लय शब्दमा हुने भएकाले त्यस्ता गीतमा सुनोले अझ मीठो धुन दिने रहेछ ।”

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १ : ३९ बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति