१८ श्रावण २०८३, सोमबार | August 3, 2026

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो विजय, लुम्बिनी लायन्स ७ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । यसअघि कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई पराजित गरिसकेको सुदूरपश्चिम यस सिजनमा शतप्रतिशत जित दर्ता गर्ने एकमात्र टिम बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा आवश्यक रन पुरा गर्दै सहज जित हात पार्‍यो । टिमका ओपनर विनोद भण्डारीको उत्कृष्ट प्रदर्शन सुदूरपश्चिमको जितमा निर्णायक रह्यो । उनले ४९ बलमा ५ चौका र ४ छक्कासहित अविजित ६९ रन बनाए । भण्डारीको साथमा आरिफ शेखले ३७ बलमा ३९ रन योगदान दिँदै तेस्रो विकेटका लागि ९९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

सुदूरपश्चिमका जोश ब्राउन ९ रनमै आउट भए भने क्रिस लिनले १४ बलमा १६ रन बनाएर पavilियन फर्किए । इनिङको अन्त्यमा हर्मितले अविजित ७ रन जोडे ।

बलिङतर्फ लुम्बिनी लायन्सले अपेक्षित प्रदर्शन गर्न सकेन । रुबेन ट्रम्पेलम्यान, अविनाश गौतम र तिलक भण्डारीले एक-एक विकेट लिए पनि सुदूरपश्चिमका ब्याटरहरूलाई रोक्न सफल भएनन् । शेर मल्ल सबैभन्दा खर्चिला बलर सावित भए । उनले एक ओभरमा १२ रन खर्चिए । गुलबदिन नैबले तीन ओभरमा २७ रन दिए तर विकेट लिन सकेनन् ।

यो पराजयसँगै लुम्बिनी लायन्सले सिजनको तेस्रो हार बेहोर्‍यो । यसअघि लुम्बिनीले काठमाडौं र काठमाडौं गोर्खाजलाई पराजित गरे पनि चितवन राइनोजसँग हार बेहोरेको थियो । सुदूरपश्चिम भने लगातार चौथो जितसँगै प्रतियोगितामा शीर्ष स्थानमा मजबुत रूपमा उभिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ३ : १३ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा