२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो विजय, लुम्बिनी लायन्स ७ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । यसअघि कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई पराजित गरिसकेको सुदूरपश्चिम यस सिजनमा शतप्रतिशत जित दर्ता गर्ने एकमात्र टिम बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा आवश्यक रन पुरा गर्दै सहज जित हात पार्‍यो । टिमका ओपनर विनोद भण्डारीको उत्कृष्ट प्रदर्शन सुदूरपश्चिमको जितमा निर्णायक रह्यो । उनले ४९ बलमा ५ चौका र ४ छक्कासहित अविजित ६९ रन बनाए । भण्डारीको साथमा आरिफ शेखले ३७ बलमा ३९ रन योगदान दिँदै तेस्रो विकेटका लागि ९९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

सुदूरपश्चिमका जोश ब्राउन ९ रनमै आउट भए भने क्रिस लिनले १४ बलमा १६ रन बनाएर पavilियन फर्किए । इनिङको अन्त्यमा हर्मितले अविजित ७ रन जोडे ।

बलिङतर्फ लुम्बिनी लायन्सले अपेक्षित प्रदर्शन गर्न सकेन । रुबेन ट्रम्पेलम्यान, अविनाश गौतम र तिलक भण्डारीले एक-एक विकेट लिए पनि सुदूरपश्चिमका ब्याटरहरूलाई रोक्न सफल भएनन् । शेर मल्ल सबैभन्दा खर्चिला बलर सावित भए । उनले एक ओभरमा १२ रन खर्चिए । गुलबदिन नैबले तीन ओभरमा २७ रन दिए तर विकेट लिन सकेनन् ।

यो पराजयसँगै लुम्बिनी लायन्सले सिजनको तेस्रो हार बेहोर्‍यो । यसअघि लुम्बिनीले काठमाडौं र काठमाडौं गोर्खाजलाई पराजित गरे पनि चितवन राइनोजसँग हार बेहोरेको थियो । सुदूरपश्चिम भने लगातार चौथो जितसँगै प्रतियोगितामा शीर्ष स्थानमा मजबुत रूपमा उभिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ३ : १३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले