१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुमित बर्माको अर्धशतकले पोखराले दियो जनकपुरलाई १५६ रनको लक्ष्य



काठमाडौं । सुमित बर्माको उत्कृष्ट अर्धशतकको बलमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोड्यो ।

पोखराका सुमित बर्माले २९ बलमा दुई चौका र चार छक्कासहित ५० रन बनाए । उनी आउट हुनेअघि त्रितराज दाससँग पाँचौँ विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गरे, जसले पोखरालाई दबाबबाट उकास्दै प्रतिस्पर्धात्मक योगफल बनाउन मद्दत गर्यो। त्रितराजले २८ बलमा २९ रन जोडे ।

पहिलो विकेटका लागि दीनेश खरेल र एडम रोसिङ्टनले ८.३ ओभरमा ६१ रनको साझेदारी गर्दै पोखरालाई बलियो सुरुआत दिलाएका थिए । खरेल तीन रनमै आउट भए भने रोसिङ्टनले १७ बलमा तीन चौकासहित २४ रन बनाए। तर ६४ रनमै चार विकेट खसालेर पोखरा एकाएक दबाबमा परेको थियो ।

कप्तान कुशल भुर्तेल ‘गोल्डेन डक’मा आउट भए। जिम्मी निसम एक रनमै पभेलियन फर्किए भने डान डाउथवेटले सात रन जोडे ।

जनकपुरका सञ्जय कृष्णमुर्थीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै तीन विकेट लिएका छन् । उनले चार ओभरमा मात्र २१ रन खर्चिए । कप्तान अनिल साह र ललितनारायण राजवंशीले एक-एक विकेट लिए ।

दुवै टिमले यसअघिका खेलहरूमा जित निकाल्न सकेका छैनन् । जनकपुरले पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग र दोस्रोमा विराटनगर किंग्ससँग हार खेपेको छ । पोखरा भने विराटनगर र सुदूरपश्चिमसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ५ : ३७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा