३० असार २०८३, मंगलबार | July 14, 2026

राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोह समूह, नेकपा विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रममा राष्ट्रियता कमजोर भएकाले नेपाली जनताको आत्मसम्मान तथा देशको सार्वभौमसत्ता रक्षाका लागि वामपन्थी शक्ति र कम्युनिष्ट एकता गरिएको उनले बताए ।

राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका लागि प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गरिने उल्लेख गर्दै संयोजक दाहालले देशभक्तको अभियानमा सबै दलको सहयोगको अपेक्षा गरे । मुलुकमा विद्यमान समस्या समाधान कम्युनिष्टले मात्र गर्न सक्ने भएकाले एकता अहिलेको आवश्यकता रहेको बताउँदै उनले यसमा सबैले उदारता देखाउनपर्ने तथा भिन्न परिवेशबाट आएका नेता कार्यकर्ताबाट एकापसमा गरिने सद्भाव र अनुभब आदानप्रदानले नयाँ घटनाक्रमबारे सश्लेषण गर्दै नयाँ समाजवाद कार्यान्वयन गर्न सकिने बताए ।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपाली विशेषताको वैज्ञानिक समाजवादको कार्यक्रममा विचार, सिद्धान्त मिलेका दलहरु एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने बताए । उनले देशभर जनतामा एकताको सन्देश प्रवाह गर्न सबै प्रदेशमा सभा गरिने त्यसैले जनतामा उत्साह बढाउने र निर्वाचनको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरे ।

जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूहका नेता राजेन्द्र श्रेष्ठले सो पार्टीले ल्याएको राजनीतिक कार्यक्रम राम्रो रहेकाले मुलुकको समृद्धिको यात्रामा एकीकृत भएर अगाडि बढने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ८ : ०९ बजे

सार्वजनिक जग्गा संरक्षणमा सक्रिय पोखरा महानगर

गण्डकी । पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक

सालझण्डी-ढोरपाटन सडकको बुर्तिबाङ-फल्लेघर खण्ड ग्राभेल

ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ-फल्लेघर खण्डमा

लगातारको वर्षाले बढ्यो कालीगण्डकीको बहाव, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं