१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनपीएलमा आज दुई रोमाञ्चक खेल : चितवन-काठमाण्डु र कर्णाली-विराटनगर आमनेसामने



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई महत्वपूर्ण खेल हुने भएका छन् । पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

चार खेल खेलेको काठमाण्डु र तीन खेल खेलेको चितवन दुवैको समान ४ अंक छ । अंक तालिकामा चितवन तेस्रो र काठमाण्डु चौथो स्थानमा रहेका छन् । दुवै टोलीलाई प्लेअफ सम्भावना जोगाइराख्न आजको खेल जित्नु जरूरी छ । चितवनको कप्तानी कुशल मल्लले गर्छन् भने काठमाण्डुको नेतृत्व करण केसीले समाल्नेछन् ।

दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ । चार खेलमा तीन जितसहित ६ अंक बटुलेको विराटनगर तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमध्ये एक जित निकालेको कर्णाली पाँचौँ स्थानमा रहेको छ । विराटनगरले शीर्षस्थानमा दाबेदारी बलियो पार्ने लक्ष्य राखेको छ भने कर्णालीका लागि आजको खेल जित्नै पर्ने महत्त्वपूर्ण अवसर हो । कर्णालीका कप्तान सोमपाल कार्की र विराटनगरका कप्तान सन्दीप लामिछाने छन् ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन् ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ । विराटनगर दोस्रो, चितवन र काठमाण्डु क्रमशः तेस्रो र चौथो स्थानमा छन् । कर्णाली, पोखरा र लुम्बिनी दुई–दुई अंकसहित पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् भने जनकपुर बोल्ट्स अंकबिहीन अवस्थामा पुछारमा छ ।

मंसिर १ देखि सुरु भएको एनपीएल कीर्तिपुरमै दैनिक अपराह्न र रात्री खेलसहित जारी छ । क्यानले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । लिग आगामी मंसिर २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा