७ आश्विन २०८३, बुधबार | September 23, 2026

चुनाव जितेर मात्र के गर्नु, जनविरोधी काम गरेपछि हेलिकोप्टरबाटै भाग्नुपर्ने रहेछ : प्रचण्ड



दाङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव जितेर सत्तामा पुगेपनि जनविरोधी काम गरे हेलिकोप्टरबाट भाग्नुपर्ने अवस्था आउने टिप्पणी गरेको छन् ।

शनिबार दाङको लमहीमा आयोजित लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश कार्यक्रममा उनले बहुमतको अहंकारले देश अस्थिर बन्ने चेतावनीसमेत दिए। प्रचण्डले चुनाव जितेर दुई तिहाईको सरकारको नेतृत्व गरे पनि जनविरोधी काम गरेपछि हेलिकोप्टरबाट भाग्नुपर्ने दिन आउँदो रहेछ भन्ने कुरा बताएका हुन् । उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई व्यंग गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

प्रचण्डले भने, “चुनाव जितेर मात्रै केही नापिँदोरहेछ, कहिलेकाहीँ हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था पनि आउँदो रहेछ। सबैभन्दा ठूलो कुरा भनेको जनता बीचको एकता रहेछ।” उनले संसदमै पनि बहुमतको दम्भ नदेखाउन आग्रह गरेको स्मरण गराउँदै वर्तमान अवस्थामा पनि त्यही समस्या देखिएको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेका घटनाहरूको दोष आफूलाई थोपरेको आरोपसमेत उनले लगाए।

प्रचण्डले पार्टीका सहसंयोजक माधव नेपालसँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध रहेको बताए । नेपालसँगको ऐतिहासिक सहकार्यले पञ्चायत समाप्त गर्न र संघीय गणतन्त्र स्थापना गर्न टेवा पुगेको स्मरण गरे।

प्रचण्डले लामो छलफलपछि १५ वटा पार्टीबीच भएको एकतालाई जनताले उत्साहपूर्वक स्वीकार गरेको विश्लेषण गरे । देश निर्माण आन्दोलन, संघर्ष र बलिदानबाटै सम्भव हुने बताउँदै कम्युनिष्टहरू सबैभन्दा बढी राष्ट्रभक्त भएको दाबी गर्दै उनले जनयुद्धदेखि लोकतान्त्रिक आन्दोलनसम्म हजारौं सहिदको बलिदानीबाट वर्तमान परिवर्तन सम्भव भएको जिकिर गरे ।

भदौ २४ गते देशभर देखिएको हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै उनले राज्य संयन्त्र र सुरक्षा प्रणाली कति कमजोर बनेको रहेछ भन्ने त्यही घटनाले देखाएको उल्लेख गरे।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ०० बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक