३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

विषादी परीक्षण केन्द्र सञ्चालन



पाटन । ललितपुर महानगरपालिका-३ कार्यालयले विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको परीक्षण गर्न वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुङ्गामा रहेको ‘हाम्रो घर’मा विषादी परीक्षण केन्द्रको सुरुआत गरेको हो ।

परीक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण नगरवासी रोगी हुँदा समस्या सृजना हुने भन्दै यसका लागि विषादी परीक्षण केन्द्र उपयोगी हुने विश्वास व्यक्त गरे ।

“नगरवासी रोगी हुँदा यहाँको उत्पादकत्व र जीवनशैलीमा प्रभाव पर्छ, यहाँका नागरिक रोगी भए भने यो महानगर स्मार्ट सिटी हुन सक्दैन, महानगरवासी निरोगी हुँदामात्र समृद्ध र सुखी महानगर कायम रहन सक्छ”, उनले भने । उनले देशका छ हजार ७४३ वडामध्ये ललितपुर–३ ले उत्कृष्ट काम गरेको कुरा निर्विवाद छ भन्दै यो वडा महानगरको २९ वडामध्ये सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने वडा पनि भएको बताए ।

“म नगरप्रमुख भएको आठ वर्षभन्दा बढी भइसकेको छ, हामीले आठ वर्षभित्र सम्पदा र पूर्वाधार क्षेत्रमा धेरै काम गरेका छौँ, समयसापेक्ष आउने नयाँ परियोजनालाई पनि ध्यान दिएर सञ्चालन गर्नेछौँ, महानगरलाई स्मार्ट सिटी बनाउन धेरै काम गरिरहेका छौँ, महानगरले उत्कृष्ट काम गरेको छ”, महानगरप्रमुख महर्जनले भने ।

महानगरप्रमुख महर्जनले हरियाली कायम गर्ने काममा महानगरको सडकका दायाँबायाँ रुख रोपेर हरियाली कायम गरेर यहाँको वातावरणलाई सफा र स्वच्छ बनाउने प्रयत्न गरेको बताए । जाडोयाममा प्रविधिको प्रयोग गरेर सडक वरपरका सडकलाई पानी दिने र पखाल्ने काम गरेका छौँ भने भूकम्पले क्षति पुर्याएका सबै मठमन्दिर, देवालय, शिवालयको मर्मतसम्भार गरेका छौँ भने ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वडाका हरेक क्रियाकलापमा आफू निकट रहेको जानकारी गराउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेर वडावासीलाई उत्साह भर्ने काम वडाले गरिरहेको धारणा राखे । अध्यक्ष शर्माले बालबालिकालाई नैतिक शिक्षाको ज्ञान दिलाउँदै उनीहरूले प्राप्त गरेको सीपलाई व्यवहारमा उतार्न सिकाउँदै संस्कृति र सम्पदालाई जगेर्ना गर्न सिकाउनुपर्ने आवश्यकता रहेकामा जोड दिए ।

ललितपुर–३ का अध्यक्ष गोपाल महर्जनले वडावासीले प्रयोग गर्ने हरेक खाद्य सामग्रीमा भएको विषादीले मानिसलाई रोगी बनाएको भन्दै तरकारी र खाद्य पदार्थमा विषादी भए÷नभएको परीक्षण गरेरमात्र उपयोग गर्न विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले वडाभित्र व्यापार गर्ने तरकारीमा विषादीको परीक्षण गरेर अत्यधिक विषादी भएको पाइएमा कानुनअनुसार कारबाही गर्ने बताए । कार्यक्रममा गत वर्ष एसइई उत्तीर्ण गर्ने १७ तथा कक्षा १२ उत्तीर्ण गर्ने आठ जनालाई सम्मान तथा पुरस्कृतसमेत गरिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : १६ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा