१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

विकट गाउँमा सडक नपुग्दा सास्ती



ढोरपाटन । जैमिनी नगरपालिका-८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन । छिमेकी गाउँमा मोटरबाटो पुगेको वर्षौँ भयो । तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ । नगरपालिकाले सडक पुर्याउन वर्षौँदेखि प्रयास गर्दै आएको छ । वडा नं ८ कै केवैखानी गाउँ र सल्यानधाराको बीचमा ठूलो भिर र चट्टानसहितको पहरा हुँदा सडकले जोडिन नसकेको हो ।

सल्यानधारालाई सडक सञ्जालमा जोड्न धुस, वाइनकुना र अर्को छिस्ती केवैखानी हुँदै सडकको निर्माण गरिँदैछ । केवैखानी हुँदै जोड्नका लागि अब करिब एक सय मिटर बाँकी रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । वाइनकुनाबाट अझै डेढ किलोमिटर सडक निर्माण गरेपछि मात्र सल्यानधारा गाउँमा मोटरबाटो पुग्ने उनको भनाइ छ ।

वाइनकुनाबाट जोड्न छोटो पर्ने भए पनि ठूलो भिर पहराका कारण अहिलेसम्म सडक पुर्याउन नसकेको उपप्रमुख शर्माले बताए । सल्यानधारालाई सडकले जोड्न हालसम्म रु दुई करोड बढी बजेट खर्च भइसकेको उनी बताउँछन । निकै अप्ठ्यारो भूगोलका कारण अहिलेसम्म उक्त गाउँमा सडक नपुगेको उपप्रमुख शर्माको भनाइ छ । यस वर्ष पनि रु छ लाख बजेटले पहरा फोड्ने काम भइरहेको छ । बजेट व्यवस्थापन भए यसै वर्ष सल्यानधारामा सडक पुग्ने उनी बताउँछन ।

“सल्यानधारामा सडक पुर्याउनका लागि हामीहरूले प्रयास गर्दै आएको धेरै भयो, तर अहिलेसम्म पुर्याउन सकिरहेका छैनौँ, तर यस वर्ष जसरी पनि पुर्याउनुपर्छ भनेका छौँ, गाउँ जोड्ने बीचमा ठूलो चट्टानसहितको भिर हुँदा त्यसलाई फुटाउन गाह्रो भएको हो”, उपप्रमुख शर्माले भने, “यसपालि अलि कम बजेट थियो, यद्यपि काम राम्रै भयो, केही बजेट व्यवस्थापन गर्न सके यही आर्थिक वर्षभित्र सल्यानधारामा सडक पुर्याउन सकिन्थ्यो ।”

स्थानीय डोल्मा गाहामगरले सडकले गाउँ नजोडिँदा यात्रा र सामान ढुवानी गर्न समस्या भोग्नुपरेको बताइन । छिमेकी गाउँमा घर अगाडि नै गाडी गुड्ने भए पनि सल्यानधारानै यातायताको सुविधाबाट वञ्चित रहेको उनको भनाइ छ । अहिले पनि यस स्थानीयले बोकेरै नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामान लिने गरेको उनले सुनाइन ।

अर्का स्थानीय तुलबहादुर श्रीसले अहिले गाडी चढ्नका लागि ४५ मिनेट टाढा रहेको केवैखानीमा गाउँमा पुग्नुपर्ने बताए । यहाँ करिब २५ परिवारको बसोबास छ । सबैभन्दा समस्या आकस्मिक सामान ढुवानीमा भएको उहाँको भनाइ छ । नगरपालिकाको सबै ठाउँतिर विकास हुँदै गए पनि आफूहरू आझेलमा परेको श्रीसले बताए । भौगोलिक विकटताका कारण पछाडि परेको भन्दै राज्यले यस्ता दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने उनी बताउँछन ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : २६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले