२४ भदौ २०८३, बुधबार | September 9, 2026

विकट गाउँमा सडक नपुग्दा सास्ती



ढोरपाटन । जैमिनी नगरपालिका-८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन । छिमेकी गाउँमा मोटरबाटो पुगेको वर्षौँ भयो । तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ । नगरपालिकाले सडक पुर्याउन वर्षौँदेखि प्रयास गर्दै आएको छ । वडा नं ८ कै केवैखानी गाउँ र सल्यानधाराको बीचमा ठूलो भिर र चट्टानसहितको पहरा हुँदा सडकले जोडिन नसकेको हो ।

सल्यानधारालाई सडक सञ्जालमा जोड्न धुस, वाइनकुना र अर्को छिस्ती केवैखानी हुँदै सडकको निर्माण गरिँदैछ । केवैखानी हुँदै जोड्नका लागि अब करिब एक सय मिटर बाँकी रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । वाइनकुनाबाट अझै डेढ किलोमिटर सडक निर्माण गरेपछि मात्र सल्यानधारा गाउँमा मोटरबाटो पुग्ने उनको भनाइ छ ।

वाइनकुनाबाट जोड्न छोटो पर्ने भए पनि ठूलो भिर पहराका कारण अहिलेसम्म सडक पुर्याउन नसकेको उपप्रमुख शर्माले बताए । सल्यानधारालाई सडकले जोड्न हालसम्म रु दुई करोड बढी बजेट खर्च भइसकेको उनी बताउँछन । निकै अप्ठ्यारो भूगोलका कारण अहिलेसम्म उक्त गाउँमा सडक नपुगेको उपप्रमुख शर्माको भनाइ छ । यस वर्ष पनि रु छ लाख बजेटले पहरा फोड्ने काम भइरहेको छ । बजेट व्यवस्थापन भए यसै वर्ष सल्यानधारामा सडक पुग्ने उनी बताउँछन ।

“सल्यानधारामा सडक पुर्याउनका लागि हामीहरूले प्रयास गर्दै आएको धेरै भयो, तर अहिलेसम्म पुर्याउन सकिरहेका छैनौँ, तर यस वर्ष जसरी पनि पुर्याउनुपर्छ भनेका छौँ, गाउँ जोड्ने बीचमा ठूलो चट्टानसहितको भिर हुँदा त्यसलाई फुटाउन गाह्रो भएको हो”, उपप्रमुख शर्माले भने, “यसपालि अलि कम बजेट थियो, यद्यपि काम राम्रै भयो, केही बजेट व्यवस्थापन गर्न सके यही आर्थिक वर्षभित्र सल्यानधारामा सडक पुर्याउन सकिन्थ्यो ।”

स्थानीय डोल्मा गाहामगरले सडकले गाउँ नजोडिँदा यात्रा र सामान ढुवानी गर्न समस्या भोग्नुपरेको बताइन । छिमेकी गाउँमा घर अगाडि नै गाडी गुड्ने भए पनि सल्यानधारानै यातायताको सुविधाबाट वञ्चित रहेको उनको भनाइ छ । अहिले पनि यस स्थानीयले बोकेरै नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामान लिने गरेको उनले सुनाइन ।

अर्का स्थानीय तुलबहादुर श्रीसले अहिले गाडी चढ्नका लागि ४५ मिनेट टाढा रहेको केवैखानीमा गाउँमा पुग्नुपर्ने बताए । यहाँ करिब २५ परिवारको बसोबास छ । सबैभन्दा समस्या आकस्मिक सामान ढुवानीमा भएको उहाँको भनाइ छ । नगरपालिकाको सबै ठाउँतिर विकास हुँदै गए पनि आफूहरू आझेलमा परेको श्रीसले बताए । भौगोलिक विकटताका कारण पछाडि परेको भन्दै राज्यले यस्ता दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने उनी बताउँछन ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : २६ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै