३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

ज्ञानोदय स्कुलमा पाकिस्तानको सहयोगमा नयाँ कम्प्युटर प्रयोगशाला उद्घाटन



काठमाडौं । काठमाडौंको बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा पाकिस्तानी दूतावासको सहयोगमा नयाँ कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत अराबर एच. हस्मीले एक कार्यक्रमका बीच कम्प्युटर प्रयोगशालाको उद्घाटन तथा हस्तान्तरण गरेका छन्। नेपालमा शिक्षा तथा डिजिटल सिकाइको प्रवर्द्धनका लागि पाकिस्तान जनताको निरन्तर सहयोगअन्तर्गत यो प्रयोगशाला स्थापना गरिएको दूतावासले जनाएको छ।

उद्घाटन समारोहमा पूर्व राष्ट्र बैंकका गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दीपेन्द्र बहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बाबु कोइराला, अभिभावक-शिक्षक संघका अध्यक्ष देवखर भट्टराई, काठमाडौं महानगरपालिका-१३ का वडा अध्यक्ष ध्रुवनारायण मानन्धर, विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमाल लगायतको उपस्थिति थियो ।

यसअघि सन् २०१३ मा पाकिस्तानले विद्यालयलाई पहिलो कम्प्युटर प्रयोगशाला स्थापना गरिदिएको थियो । सो प्रयोगशालाले १२ वर्षदेखि निरन्तर रूपमा विद्यार्थीलाई अध्ययन–अध्यापनमा सहयोग गर्दै आएको छ।

नयाँ स्थापना गरिएको प्रयोगशाला ४०ं२ वटा नयाँ कम्प्युटर, नयाँ फर्निचर तथा आधुनिक फ्लोरिङसहित सुसज्जित छ। यो प्रयोगशाला उच्च कक्षाका विद्यार्थीलाई सूचना तथा प्रविधि शिक्षामा उपयोग गरिनेछ। पुरानो प्रयोगशालालाई स्तरोन्नती गरी आधारभूत तहका विद्यार्थीका लागि स्थानान्तरण गरिएको विद्यालयले जनाएको छ।

सम्बोधनका क्रममा राजदूत हस्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रियता, समर्पण र प्रभावकारी व्यवस्थापनको प्रशंसा गरे। उनले स्नातक हुँदै गरेका विद्यार्थीलाई परम्परा र संस्कृतिसँग जोडिँदै आधुनिक शिक्षा, डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), ई–कमर्स, इन्भेनेसन तथा फिनटेकजस्ता उदाउँदै गरेका क्षेत्रमा अवसर खोज्न सुझाव दिए ।

कार्यक्रममा विद्यालय र समुदायका प्रतिनिधिहरूले विद्यालयमा ‘नेपाल-पाकिस्तान मैत्री समाज’ स्थापना गरिने घोषणा स्वागत गरे। साथै संगीत तथा खेलकुद समाजलाई सहयोग पुर्‍याउने पाकिस्तानी दूतावासको प्रतिबद्धताप्रति पनि आभार व्यक्त गरिएको थियो।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : १५ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता