२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सको प्लेअफ यात्रा संकटमा



काठमाडौं । कर्णाली याक्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमै पाँच विकेट गुमाउँदै पूरा गर्यो । यस जितसँगै काठमाडौंले प्रतियोगितामा चौथो जित हात पारेको हो ।

पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकाल्दै प्रतियोगिताको उत्कृष्ट सुरुआत गरेको काठमाडौं दोस्रो र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग पराजित भएको थियो । तर चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले र पाँचौँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमाडौँले पुनः लय समातेको छ ।

काठमाडौंलाई जित दिलाउन गेरहार्ड इरास्मसले अविजित ४३ रनको महत्वपूर्ण योगदान दिए । ६३-३ को अवस्थामा क्रीजमा आएका इरास्मसले जोन सिम्पसनसँग मिलेर चौथो विकेटका लागि ८६ रनको साझेदारी गर्दै टोलीलाई विजयसम्म पुर्‍याए । सिम्पसनले २१ बलमा चार चौका र दुई छक्कासहित ४१ रन जोडे । ओपनर बेन चाल्सवर्थले २१ बलमै तीन छक्का र दुई चौकासहित ३४ रन जोड्दै द्रुत सुरुआत दिलाएका थिए । मिलिन्द कुमार १५ रनमा रनआउट भए भने आकाश त्रिपाठी आठ रनमा आउट भए । राशिद खान भने गोल्डेन डकमा पवेलियन फर्किएका थिए । कर्णालीका नन्दन यादवले तीन विकेट र पवन सर्राफले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो । कर्णालीका अलराउन्डर गुल्सनकुमार झाले २२ बलमा ६ चौका र दुई छक्कासहित ४९ रनको आक्रामक इनिङ खेले । ८८-६ को अवस्थामा क्रीजमा आएका झाले दीपक डुम्रेसँग मिलेर सातौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए । डुम्रेले १० रन बनाए । पवन सर्राफले ३५ रन र ओपनर मार्क वाटले ३० रनको योगदान दिए । प्रियांक पन्चाल भने पहिलो बलमै ‘रोयल डक’ भएका थिए । कर्णालीका विलियम बोसिस्टो एक रन र कप्तान सोमपाल कामी छैटौँ नम्बरमा आएर ६ रन मात्रै जोड्न सके ।

काठमाडौंका राशिद खानले दुई विकेट लिए भने मिलिन्द कुमार र सन्तोष यादवले एक-एक विकेट हात पारे । यो हारसँगै कर्णाली याक्सले लिगमा चौथो पराजय व्यहोरेको छ, जसका कारण प्लेअफमा पुग्ने आशा कठिन बनेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ५९ बजे

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको