२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

‘छोरी पढाऔँ, समाज बनाऔँ’ अभियानमार्फत बुटवलमा प्राविधिक शिक्षा प्रभावकारी बन्दै



बुटवल । बुटवल उपमहानगरपालिकाको ‘छोरी पढाऔँ, समाज बनाऔँ’ अभियानअन्तर्गत सञ्चालन गरिएको छोरी प्राविधिक शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाहरूले बताएका छन् ।

आइतबार बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआइ) मा प्राविधिक शिक्षा अध्ययनरत छात्रासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै जनप्रतिनिधि तथा सरोकारवालाहरूले कार्यक्रमले महिलालाई सीप, रोजगारी र आत्मनिर्भरता हासिल गर्न ठूलो योगदान दिएको धारणा राखे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ४० जना छात्रा हाल बिटिआइमा निःशुल्क प्राविधिक शिक्षा अध्ययनरत रहेको जानकारी दिए । आर्थिक अभावका कारण प्राविधिक शिक्षाबाट वञ्चित हुँदै आएका छोरीहरूलाई सहज पहुँच प्रदान गर्न यो कार्यक्रम सुरु गरिएको उनले बताए ।

उनका अनुसार उपमहानगरपालिकाले सीपमूलक तालिम तथा रोजगारीमुखी कार्यक्रममार्फत नगरवासीलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ दीर्घकालीन योजना अघि सारेको छ । “सीप सिकेका युवतीहरू बेरोजगार बस्नुपर्ने अवस्था छैन,” प्रमुख पाण्डेयले भने ।

उपप्रमुख सावित्रा देवी अर्यालले सीपको अभावले महिलालाई आर्थिक रूपमा पुरुषमाथि भर पर्नु पर्ने अवस्था अन्त्य गर्न भन्दै छोरी प्राविधिक शिक्षा कार्यक्रमले महिलाको आत्मविश्वास र आर्थिक सबलता दुवै बढाएको उल्लेख गरिन् । प्राविधिक दक्षता भएका महिला सरकारी, गैरसरकारी तथा स्वरोजगार क्षेत्रमा सफलतापूर्वक अघि बढिरहेको उदाहरण प्रस्तुत गर्दै उनले कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

शिक्षा शाखा उपनिर्देशक टिकाराम पन्थीले सामान्य शिक्षाले बेरोजगार उत्पादन गरिरहेको आरोप खेपिरहेका बेला निःशुल्क छोरी प्राविधिक शिक्षा कार्यक्रमले व्यावहारिक सीपयुक्त जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने बताए ।

बिटिआइका निमित्त निर्देशक मानकाजी कुमालले देशमा दक्ष जनशक्तिको माग उच्च रहेको उल्लेख गर्दै प्राविधिक सीप भएका व्यक्तिलाई रोजगारीका प्रशस्त अवसर रहेको जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षणरत छात्राहरूले निःशुल्क छोरी प्राविधिक शिक्षा कार्यक्रम सुरु गरेकामा उपमहानगरपालिकाप्रति आभार व्यक्त गर्दै यसले आफ्नो भविष्य सुरक्षित बनाउन सहयोग पुगेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ४० बजे

बढ्न थाल्यो तापक्रम

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई