५ भदौ २०८३, शुक्रबार | August 22, 2026

आगामी महाधिवेशनमा ओलीविरुद्ध उठ्नेले भीम रावलको जति पनि मत पाउँदैन : सुर्य थापा



भैरहवा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले पार्टीभित्र चलिरहेको ओलीविरुद्धको मोर्चाबन्दी समयमै रोकिने बताएका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने वा विकल्प खोज्नु असम्भव भएको बताए । उनलेओलीको नेतृत्व मजबुत रहेको र त्यसलाई चुनौती दिने कोही नभएको दाबी गरे ।

उपाध्यक्ष विष्णु पौडेललाई लक्षित गर्दै थापाले पार्टीभित्र मौन बस्ने प्रवृत्ति घातक भएको औंल्याए । धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्य मौन बसेको टिप्पणी गर्दै उनले कुन उद्देश्यले मौन छन् ? भन्ने स्पष्ट नभएको उल्लेख गरे । “पार्टी जोगाउन सक्रिय भएर बोलेका नेताको संख्या औंलामा गन्न सकिन्छ । मौन बस्नेहरुबाट नेतृत्व अपेक्षित हुँदैन ।” उनले भने । पार्टीलाई अगाडि बढाउन प्रतिबद्ध, सक्रिय र स्पष्ट धारणा राख्ने नेतृत्व आवश्यक रहेको पनि बताए ।

थापाका अनुसार विगतदेखि नै एमाले फुटाउने, विभाजन गर्ने तथा नेतृत्व कमजोर पार्ने प्रयास भए पनि ती सफल नहुने स्पष्ट पारे । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूले पनि परिस्थिति बुझ्नुपर्ने थापाले बताए । गत महाधिवेशनमा अध्यक्षमा बिद्रोही उम्मेदवार बनेका भीम रावलले २०० मत मात्र ल्याएको उदाहरण दिँदै थापाले आगामी महाधिवेशनमा ओलीविरुद्ध उठ्ने कसैले पनि त्योभन्दा कमजोर नतिजा ल्याउने दाबी गरे ।
ज्ष् ीषभ

सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवेदनशील स्थल जलाउने समूह ‘डिजाइन’ अनुसार सक्रिय भएको आरोप लगाउँदै उनले दोषीलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने धारणा राखे । आफूहरूले आवाज उठाएपछि मात्र केही अराजक तत्व पक्राउ परेको उनको दाबी छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ५५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको