१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनपीएलमा आज दुई रोमाञ्चक खेल, जनकपुर-चितवन र पोखरा-कर्णाली भिड्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई महत्वपूर्ण खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ गरिएको प्रतियोगिता आज पुनः सुरु हुँदै छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । बिहान ११:४५ बजे सुरु हुने यो खेल जनकपुरका लागि विशेष चुनौतीपूर्ण छ । साविक विजेता जनकपुरले यस सिजन चार खेलमा जितको खाता खोल्न सकेको छैन । आजको खेल जित्दै सिजनमा पहिलो सान्त्वना अंक जोड्ने जनकपुरको प्रयास रहनेछ । चार अंक जोडेर प्लेअफमा जाने सम्भावना जोगाइराखेको चितवन भने जितका लागि मैदानमा उत्ति नै आक्रामक देखिनेछ ।

दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स अपराह्न ४ बजे भिड्नेछन् । दुवै टिम यस सिजन संघर्षरत छन् । कर्णालीले पाँच खेल सकेको छ भने पोखराले चार खेल खेलेका छन् । दुवैको दुई-दुई अंक मात्र भएकाले आजको खेलले तालिकामा तल्लो स्थानबाट माथि उक्लिने अवसर दिन सक्छ ।

उता, १९ खेल सकिँदा अंक तालिका अझ रोचक बनेको छ । अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा पुगिसकेको छ । काठमाण्डु गुर्खाज र विराटनगर किङ्स दुवैसँग ८-८ अंक छन् । रनरेटका आधारमा काठमाण्डु दोस्रो र विराटनगर तेस्रो स्थानमा छन् ।

चितवन र लुम्बिनी लायन्ससँग समान ४ अंक छन् । चितवनले चार र लुम्बिनीले पाँच खेल खेलेका छन् । रनरेटका आधारमा चितवन चौथो र लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली छठौं, पोखरा सातौं र जितविहीन जनकपुर पुछारमा रहेको छ ।

एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरी भइरहेको छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ देखि सुरु भएको प्रतियोगिता २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : २१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा