१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कुशल मल्लको छक्का हानेको बलले लागेर घाइते भइन् चियर लिडर



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा चितवन राइनोजका ब्याटर कुशल मल्लले प्रहार गरेको छक्काले एक अनौठो-तर दुखद-घटना घटेको छ । जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै गर्दा उनले प्रहार गरेको बलले लागेर एक चियरलिडर घाइते भएकी छन् ।

चितवनले पहिले ब्याटिङ गरेको उक्त खेलमा अन्तिम ओभरमा कुशल मल्ल आक्रामक बनेका थिए । उनले तेस्रो र चौथो दुवै बलमा छक्का प्रहार गरे । चौथो बल खप्पर सिधै दर्शकदीर्घातर्फ उड्दा चियर गरिरहेकी एक युवतीको नाकमा ठोक्किँदै गम्भीर चोट लाग्यो । तत्कालै उनलाई अस्पताल पुर्‍याइएको आयोजकले जनाएको छ ।

यो घटना एनपीएलमा बल्लबल्ल दोहोरिएको जोखिमपूर्ण क्षण होइन । यसअघि मंसिर २ गते पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले विराटनगर किङ्सविरुद्ध आक्रामक छक्का प्रहार गर्दा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा रहेको कमेन्ट्री बक्सको सिसा फुटेको थियो । मर्च्यान्ट डे लाङ्गेको बलमा भुर्तेलले लङ-अन क्षेत्रतर्फ प्रहार गरेको बल उडेरी बक्सको झ्यालमै ठोक्किएको थियो ।

लगातार शक्तिशाली प्रहारका कारण मैदानभित्रको सुरक्षासम्बन्धी व्यवस्थामा प्रश्न उठ्न थालेको छ । एनपीएल अधिकारीले भने यस्ता घटनापछि सुरक्षात्मक दूरी र सुरक्षा सतर्कता थप कडा बनाउने तयारी भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ४० बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी