२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित



काठमाडौँ । कर्णाली याक्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ ।

आज पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ ।

जितका लागि पाएको २०२ रनको बिशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । उसका मार्क वाटले सर्वाधिक ५९ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

पोखराका रिसी धवनले सर्वाधिक ३ विकेट झारे । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनायो ।

यो जारी सिजनको दोस्रो उच्च स्कोर पनि हो । यसअघि विराटनगर किङ्ग्सले पोखराविरूद्ध नै २२० रन हिर्काएको थियो । जुन एनपिएल इतिहासमै उच्च हो । पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे ।

यस्तै जेशन रोयले ४६, धनन्जय लक्षनले अविजित २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे । कर्णालीका नन्दन यादव र मार्क वाटले १/१ विकेट लिए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ८ : १२ बजे

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आफ्नो नाममा रहेको कूटनीतिक

भुटानी प्रधानमन्त्री तोब्गेले दिए रवि र बालेन्द्रलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति