१३ भदौ २०८३, शनिबार | August 29, 2026

निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम स्वीकृत



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो ।

पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुने, मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनरउजुरी माथि छानबिन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले स्वीकृत गरेको कार्यक्रममा उल्लेख छ ।

कार्यक्रम अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने छ ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिँदैछ ।

कार्यकाल सकिन लागेकामध्ये निर्वाचित १८ पद र राष्ट्रपतिबाट मनोनित बामदेव गौतम रहेका छन् ।

लुम्बिनी र कोशी प्रदेशबाट तीनरतीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुईरसदस्य निर्वाचित हुने छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : २६ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)