२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

लुम्बिनीलाई विराटनगरको दियो १४५ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेका विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रन जोडे ।

विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए भने साम हेजलेटले २७ रन जोड्दै इनिङ सम्हाल्न मद्दत गरे । यी दुईले १५-२ को अवस्थामा तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । बसिर अहमेदले २८ रनको योगदान दिए भने मर्चेन्ट डी लांगे १० रनमा अविजित रहे ।

पहिलो पटक विराटनगरबाट मैदान उत्रिएका दक्षिण अफ्रिकी स्टार फाफ डू प्लेसिसले भने १२ रनमात्र बनाए । लुम्बिनीका अभिषेश गौतमले तेस्रो ओभरमा उनलाई विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प गरिएका थिए ।

प्रतिश जिसीले ११ रन जोडे भने ओपनर जर्ज मुन्से पहिलो बलमै ‘डक’ भएर फर्किए । नारायण जोशीले पाँच रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने एक बलमै छक्का प्रहार गर्दै ६ रनमा अविजित रहे ।

बलिङतर्फ लुम्बिनीका शेर मल्ल उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले जर्ज मुन्से, नारायण जोशी र साम हेजलेटलाई पभेलियन फर्काए । योसँगै उनी सुदूरपश्चिमका अभिनाश बोहरासँगै ११-११ विकेटसहित एनपीएलको सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । रुबेन ट्रम्पेलमन, अभिषेश गौतम र जेजे स्मिथले एक-एक विकेट लिए ।

आजको खेल विराटनगरका लागि पाँचौँ जित हासिल गर्ने मौका हो । यसअघि विराटनगरले पोखरा, काठमाण्डू, जनकपुर र कर्णाली विरुद्ध जित निकालेको छ । चितवनसँग भने पराजित भएको थियो ।

यता, लुम्बिनी प्लेअफ सम्भावना जीवित राख्न जितको दबाबमा छ । पहिलो खेलमा चितवनलाई हराए पनि त्यसपछि लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले पाँचौँ खेलमा पोखरालाई पराजित गर्दै पुनः लय समातेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ५४ बजे

वेस्टर्न मेगा कलेज बुटवलमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बुटवल । बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने

बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई

मोदीसँगको भेट फलदायी रहेको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

साफ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश पहिलो हाफमा १-१ को बराबरी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल

दिल्ली होटल आगलागी : २१ को मृत्यु

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा