५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मुख्यमन्त्री यादवको राजीनामापछि मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद त्यागेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार नयाँ सरकार गठनका लागि आह्वान गर्दै प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यहरूलाई दाबी पेस गर्न आग्रह गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम दिएको राजीनामा मंसिर १७ गते स्वीकृत गरिएको हो । राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सक्रिय गरिएको छ ।

अब दुई वा दुईभन्दा बढी दलहरूको समर्थनसहित बहुमत पुर्‍याउन सक्ने सदस्यले मंसिर १९ गते शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्नुपर्नेछ । निर्धारित समयभित्र वैध दाबी नआएमा संविधानमा उल्लेखित अर्को चरणको प्रक्रियामा प्रवेश गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ३० बजे

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को