काठमाडौं । विराटनगर किंग्सविरुद्ध पाँच विकेटको प्रभावशाली जित हासिल गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आफ्नो प्लेअफ सम्भावना जोगाइ राखेको छ । यस जितसँगै लुम्बिनीले प्रतियोगितामा तेस्रो विजय दर्ता गरेको हो ।
लुम्बिनीले सुरुआतमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै उत्कृष्ट सुरुआत गरे पनि त्यसपछिका तीन खेलमा लगातार हार व्यहोरेको थियो। दोस्रो खेलमा कर्णालीसँग ९ विकेटले, तेस्रो खेलमा काठमाण्डूसँग २२ रनले र चौथो खेलमा सुदूरपश्चिमसँग ७ विकेटले पराजय बेहोर्दै लुम्बिनी दबाबमा परेको थियो। तर पाँचौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकाल्दै टोली पुनः लयमा फर्किएको थियो।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न महत्वपूर्ण भिडन्तमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेटको क्षतिमा सहजै पूरा गर्यो। यस जितपछि लुम्बिनीले प्लेअफमा पुग्ने आशालाई जीवित राख्न सफल भएको छ।


















प्रतिक्रिया