२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफ दौडमा कायम



काठमाडौं । विराटनगर किंग्सविरुद्ध पाँच विकेटको प्रभावशाली जित हासिल गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आफ्नो प्लेअफ सम्भावना जोगाइ राखेको छ । यस जितसँगै लुम्बिनीले प्रतियोगितामा तेस्रो विजय दर्ता गरेको हो ।

लुम्बिनीले सुरुआतमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै उत्कृष्ट सुरुआत गरे पनि त्यसपछिका तीन खेलमा लगातार हार व्यहोरेको थियो। दोस्रो खेलमा कर्णालीसँग ९ विकेटले, तेस्रो खेलमा काठमाण्डूसँग २२ रनले र चौथो खेलमा सुदूरपश्चिमसँग ७ विकेटले पराजय बेहोर्दै लुम्बिनी दबाबमा परेको थियो। तर पाँचौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकाल्दै टोली पुनः लयमा फर्किएको थियो।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न महत्वपूर्ण भिडन्तमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेटको क्षतिमा सहजै पूरा गर्‍यो। यस जितपछि लुम्बिनीले प्लेअफमा पुग्ने आशालाई जीवित राख्न सफल भएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : २५ बजे

वेस्टर्न मेगा कलेज बुटवलमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बुटवल । बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने

बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई

मोदीसँगको भेट फलदायी रहेको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

साफ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश पहिलो हाफमा १-१ को बराबरी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल

दिल्ली होटल आगलागी : २१ को मृत्यु

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा