३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एनपीएलमा आज दुई रोमाञ्चक खेल : पोखरा-काठमाडौं र सुदूरपश्चिम-चितवन आमनेसामने



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई महत्वपूर्ण खेल हुँदैछन् । पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुनेछ भने दोस्रो खेल अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ ।

पोखराको नेतृत्व कुशल भुर्तेलले गरिरहेका छन् भने काठमाडौंका कप्तान करण केसी हुन् । पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफ सम्भावना जोगाउन आजको खेल जित्नु अत्यावश्यक बनेको छ । काठमाडौं भने छ खेलबाट आठ अंकसहित मजबुत स्थितिमा रहेको छ ।

दोस्रो खेलमा प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्स र प्लेअफ दौडमै रहेको चितवन राइनोज भिड्नेछन् । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १० अंकसहित शीर्ष स्थानमा छ । उता पाँच खेलबाट चार अंक भएका चितवनका लागि भने जित्नैपर्ने बाध्यता रहेको छ ।

मंसिर १ देखि सुरु भएको एनपीएल दोस्रो सिजन २७ गतेसम्म निरन्तर भइरहेको छ । क्यानले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ७ : ३४ बजे

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली