काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आमनेसामने छन् ।
पोखराले टस जितेर बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङका लागि निम्त्याएको छ । पाँच खेलबाट केवल चार अंक जोडेको पोखरालाई प्लेअफको सम्भावना कायम राख्न आज अनिवार्य जित आवश्यक छ । लगातार नतिजा फेरिन नसकेको पोखरा निर्णायक खेलमा पूरा दमसामर्थ्यका साथ उत्रिएको छ ।
काठमाडौं गोर्खाजले भने छ खेलबाट आठ अंक सङ्कलन गरिसकेको छ । लिग चरणको अन्तिम खेलमा जित दर्ता गर्दै प्लेअफ स्थान सुरक्षित गर्ने लक्ष्य काठमाडौंको छ । दुवै टोलीका लागि आजको खेल रणनीतिक तथा मनोवैज्ञानिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।
आजै अपराह्न ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् । मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको एनपीएलमा कुल आठ टोली सहभागी छन् ।


















प्रतिक्रिया