१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्



बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पछि पार्दै बुद्ध पब्लिककी विद्यार्थी अनुस्का भण्डारीले अन्तरविद्यालय वादविवादको उपाधि जितेकी हुन् ।

उनले उपाधिसँगै २० हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारिन् । ‘राष्ट्रिय राजनीतिमा युवाको सक्रियता पदीय महत्वाकांक्षा वा वर्तमान आवश्यकता’ विषयमा भएको प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल बुटवलकी जिविका बस्याल द्वितीय भइन् भने उनले नगद १५ हजार शिल्ड तथा प्रमाणपत्र हात परेको विद्यालयका सहप्राचार्य तथा कार्यक्रम संयोजक भिमसेन गौतमले बताए । उनका अनुसार प्रतियोगितामा छवी मिश्र तृतीय र स्वीकृति न्यौपानेले प्रोत्साहन पुरस्कार हात पारिन् । उनीहरुले जनही १० हजार, ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेको सहप्राचार्य गौतमले बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार वितरण गर्दै लुम्विनी प्रदेश परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारीले विद्यार्थीहरुलाई देश, समय, परिस्थीति काल अनुसारका ज्ञान र सीप सिकाउनु आवश्यक रहेको बताए । उनले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै ब्यवहारिक र बाहिरी ज्ञानमा पनि सक्रिय बनाएमा भविष्यमा काम लाग्ने शिक्षा पाउने र दिक्षित हुने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्याब्सन नेपालका उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका पुर्व अध्यक्ष दिनेश भुसाल, उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पुस्तक तथा स्टेशनरी ब्यवसायी संघका अध्यक्ष गोपाल बस्याल, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै प्रतियोगितामा सहभागिता जनाउनु नै विद्यार्थीको जित भएको भन्दै हौसला प्रदान गरे ।

विद्यालयका शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका सहप्राध्यापक युवराज गौतम, उपप्राध्यापक डा शंकरप्रसाद गैरे, हेमराज शर्माले निर्णायकको भुमिका निभाएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ३६ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र