२७ माघ २०८२, मंगलबार | February 10, 2026

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश



काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ ।

लुम्बिनीको जितसँगै प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ। यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किंग्सले प्लेअफ स्थान पक्का गरिसकेका थिए । हारसँगै जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको यात्रा लिग चरणमै समाप्त भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीका रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन योगदान गरे। ०-१ को चुनौतीपूर्ण अवस्थामा डी‘एर्सी शर्टसँग मिलेर उनले ६१ रनको महत्वपूर्ण साझेदारी बनाउँदै पारी सम्हाले । शर्टले ३० रन जोड्दा जेजे स्मिथले २१ तथा निरोसान डिकवेलाले १७ रन थपे । दीलिप नाथ १५ रनमा अविजित रहे ।

जनकपुरका संगिथ कुरे र मयन यादवले दुई-दुई विकेट लिए भने सञ्जय कृष्णमुर्थीले एक विकेट हात पारे । जनकपुरले लुम्बिनीविरुद्ध सात स्पिनर प्रयोग गर्ने रणनीति अपनाएको थियो ।

यसअघि टस जितेर ब्याटिङ थालेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाउन सकेको थियो । संगिथ कुरेले ४५ रनको पारी खेल्दै टीमलाई सम्मानजनक स्कोरसम्म पु¥याए । ८३-६ को स्थितिबाट उनले मयन यादवसँग सातौँ विकेटका लागि ४९ रनको महत्वपूर्ण साझेदारी गरे । यादवले २७ रन जोडे ।

ओपनर आसिफ सेख २० रनमा आउट भए भने सञ्जय कृष्णमुर्थीले १४, माज सदाकतले ६ र अनिल साहले ७ रन मात्र बनाए । कप्तान जान निकोल लोफ्टी इटोन गोल्डेन डकमा पवेलियन फर्किए ।

लुम्बिनीका शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले समान दुई-दुई विकेट लिए । जेजे स्मिथ र रुबेन ट्रम्पलमेनले एक-एक विकेट प्राप्त गरे ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ४८ बजे

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका

नवलपुर-२ का मतदाता भन्छन् : चुनावी बाचा अझै अधुरै छन्

नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६