काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।
सुदूरपश्चिमका आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४५ रनको पारी खेले । उनले एक चौका र तीन छक्का प्रहार गर्दै टोलीलाई सन्तोषजनक स्कोरसम्म पुर्याए । ओपनर ईशान पाण्डेले ३५ बलमा ३८ रन जोड्दा जोश ब्राउनले २५ बलमा २४ रन योगदान गरे ।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने प्रभावकारी बने । ४ ओभरमा मात्र २० रन खर्चिँदै उनले तीन विकेट हात पारे । प्रतिश जीसीले दुई विकेट तथा बसिर अहमदले एक विकेट लिन सफल भए ।
अब विराटनगरले जितका लागि १४८ रनको लक्ष्य पछ्याउनेछ ।


















प्रतिक्रिया