२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति आफ्नो विश्वास आज पनि उत्तिकै मजबुत रहेको बताएका छन्।

जनकपुरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू मधेशी जनताको मत र भरोसाबाट प्रधानमन्त्री बनेको स्मरण गर्दै मधेसप्रति आफ्नो प्रतिबद्धता कहिल्यै कमजोर नपरेको स्पष्ट पारे।

प्रचण्डले मधेस प्रदेशमा एमाले–काँग्रेस गठबन्धन टुट्नुले ठूलो राजनीतिक सन्देश दिएको टिप्पणी गरे । उनले यसबाट अब अन्य प्रदेशमा पनि नयाँ समीकरणको सुरुवात गर्ने विश्लेषण गरे। उनले मधेसवादी दल र नेकपाको सहयोगमा मधेस प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बनेको उल्लेख गर्दै राजनीतिक परिवर्तनको ढोका खुलिरहेको बताए।

प्रचण्डले हिमाल, पहाड र तराईको ऐक्यबद्धतामार्फत प्रतिकृयावादी शक्तिलाई पराजित गर्न सकिने दाबी गर्दै कम्युनिस्ट पार्टीहरूको एकता अपरिहार्य रहेको भन्दै अन्य वाम शक्तिलाई पनि एउटै मोर्चामा आउन आग्रह गरे। उनले एमालेभित्र रहेका ‘देशभक्त शक्ति’ पनि व्यापक वाम एकतामा सहभागी हुने विश्वास व्यक्त गरे।

मधेसलाई अन्नको भण्डारको रूपमा उल्लेख गर्दै प्रचण्डले आधुनिक कृषि क्रान्ति नै मधेसको समृद्धिको मूल आधार हुने बताए। सिँचाइ, मल र बिउको व्यवस्थित आपूर्ति र कृषिसँग सम्बन्धित उद्योग स्थापनामा सरकार कटिबद्ध रहेको उनको भनाइ थियो। उनले विदेशमा श्रम गरेर दुःख पाइरहेका धेरै मधेसी युवालाई मातृभूमि फर्काउन सक्ने वातावरण कृषि क्रान्तिबाटै सिर्जना हुने धारणा व्यक्त गरे।

फास्ट ट्र्याक र हुलाकी सडकमा आफ्नो पहलले उल्लेखनीय प्रगति भएको दाबी गर्दै प्रचण्डले विकास र समृद्धिका एजेण्डामा मधेसलाई अग्रस्थानमै राखिने स्पष्ट संकेत दिए।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ७ : ४२ बजे

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक