काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा घाइते भएका दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार ५९ वर्षीय मोटरसाइकल चालक सेख अली एस र अर्का एक अज्ञात पुरुषको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार दिउँसो काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एन.एल. ०१ बी.ए. ४६५४ नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जी.जे. ०३ ए.के. ३२३१ नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस तथा बा १ प ९१७ नम्बरको पर्यटक बस एकै स्थानमा दुर्घटनामा परेका थिए ।
दुर्घटनामा ६८ जना घाइते भएका छन्। केहीको स्थानीय तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको र केही घाइते डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।


















प्रतिक्रिया