२२ भदौ २०८३, सोमबार | September 7, 2026

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२९ रनको योगफल बनाउन सफल भयो ।

कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए भने गुल्सन झाले १९ रन थपे । कप्तान सोमपाल कामी १८ रनसहित अविजित रहे। त्यस्तै प्रियांक पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजीबुल्लाह जाड्रानले १३ रन योगदान गरे ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई-दुई विकेट लिए । संगीथ कुरे, अनिलकुमार साह र माज सदाकतले एक-एक विकेट हासिल गरे ।

६ खेलबाट दुई अंकसहित तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले यस सिजन एकमात्र जित लुम्बिनी लायन्सविरुद्ध समान नौ विकेटले निकालेको थियो ।

साविक च्याम्पियन जनकपुर बोल्ट्स भने यो सिजन कमजोर प्रदर्शन गर्दै तालिकाको पुछारमा छ । गत सिजन उपाधि जितेको जनकपुरले यसपटक ६ खेलमध्ये एकमा मात्र जित निकाल्न सकेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : ३२ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११