२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर १३० रनको लक्ष्य पछ्याउन उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो । अन्तिम बलमा ५ रनको आवश्यक परेको थ्रिलिङ खेलमा कर्णालीले विजयी भएर साविक विजेतालाई हारको सामना गर्न बाध्य बनाएको हो ।

यो जितसँगै कर्णाली सिजनको आफ्नो दोस्रो जित दर्ता गर्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा रह्यो । यसअघि कर्णालीले लुम्बिनी लायन्ससँग मात्र जित हासिल गरेको थियो भने पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग हार व्यहोरेको थियो ।

साबिक विजेता जनकपुरले सात खेलमा केवल एक जीतसहित तालिकाको अन्तिम स्थानमा रही सिजन समाप्त गर्‍यो । अन्तिम खेलमा जनकपुरका सञ्जय कृष्णमूर्तिले ३९ बलमा ५१ रन बनाएका थिए, जसले टिमलाई हारबाट जोगाउन पर्याप्त भएन ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ५५ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब