काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर १३० रनको लक्ष्य पछ्याउन उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो । अन्तिम बलमा ५ रनको आवश्यक परेको थ्रिलिङ खेलमा कर्णालीले विजयी भएर साविक विजेतालाई हारको सामना गर्न बाध्य बनाएको हो ।
यो जितसँगै कर्णाली सिजनको आफ्नो दोस्रो जित दर्ता गर्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा रह्यो । यसअघि कर्णालीले लुम्बिनी लायन्ससँग मात्र जित हासिल गरेको थियो भने पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग हार व्यहोरेको थियो ।
साबिक विजेता जनकपुरले सात खेलमा केवल एक जीतसहित तालिकाको अन्तिम स्थानमा रही सिजन समाप्त गर्यो । अन्तिम खेलमा जनकपुरका सञ्जय कृष्णमूर्तिले ३९ बलमा ५१ रन बनाएका थिए, जसले टिमलाई हारबाट जोगाउन पर्याप्त भएन ।


















प्रतिक्रिया