२२ भदौ २०८३, सोमबार | September 7, 2026

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर १३० रनको लक्ष्य पछ्याउन उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो । अन्तिम बलमा ५ रनको आवश्यक परेको थ्रिलिङ खेलमा कर्णालीले विजयी भएर साविक विजेतालाई हारको सामना गर्न बाध्य बनाएको हो ।

यो जितसँगै कर्णाली सिजनको आफ्नो दोस्रो जित दर्ता गर्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा रह्यो । यसअघि कर्णालीले लुम्बिनी लायन्ससँग मात्र जित हासिल गरेको थियो भने पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग हार व्यहोरेको थियो ।

साबिक विजेता जनकपुरले सात खेलमा केवल एक जीतसहित तालिकाको अन्तिम स्थानमा रही सिजन समाप्त गर्‍यो । अन्तिम खेलमा जनकपुरका सञ्जय कृष्णमूर्तिले ३९ बलमा ५१ रन बनाएका थिए, जसले टिमलाई हारबाट जोगाउन पर्याप्त भएन ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ५५ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११