१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह



काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी परिचयपत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफैँ उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउने अनुरोध गरेको हो । मन्त्रालयले हालसम्म ५३६ जना घाइतेले परिचयपत्र बनाइसकेको पनि जनाएको छ ।

हाल जिल्ला प्रशासन कार्यालयबाट धमाधम घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाइरहेको पनि जनाइएको छ ।

यसैबीच काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालले कार्यालयबाट कुल १६९ जना घाइतेको वर्गीकरण गएिको जानकारी दिएका छन् । तीमध्ये अति गम्भीर घाइते १५, गम्भीर घाइते ५१, मध्यम घाइते ३६ र सामान्य घाइतेमा ६७ जना रहेका उनले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : १६ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि