३ श्रावण २०८३, आइतबार | July 20, 2026

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’



काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको कथामा तयार पारिएको छ ।

आईतबार ललितपुरस्थित एक चलचित्र भवनमा चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्ध एक जेनजी पुस्ताले गर्ने सङ्घर्षलाई चलचित्रको मुख्य विषयवस्तु बनाएको बताए । उनले भने, “हामीले एउटा नागरिकले सोच्ने एङ्गलबाट कथा तयार पारेर चलचित्र तयार गरेका थियौँ । पछिल्लो समय देशको घटनाक्रमसँग मिल्दो देखिएको छ । सायद, यो देशप्रति नागरिकको सोच मिलेको हुनसक्छ । हामीले देशमा परिवर्तन हुनु अगाडि नै चलचित्रको लगभग छायाङ्कन सकाएका थियौँ ।”

उनले भ्रष्टाचार र बेथिति विरुद्धको आवाजलाई चलचित्रकर्मीले आफ्नो कलाकारितामार्फत बुलन्द बनाउनुपर्नेमा जोड दिए । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य ९मुन्नी०, अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् ।

अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र देशको अवस्थालाई चित्रण गरेको बताए । “मैले चलचित्रमा काम गर्नुको कारण नै यसको विषयवस्तु हो । आम नागरिकको कथामा बनेको चलचित्रलाई एउटा कलाकारले कलाको माध्यमले न्याय दिनुपर्छ भन्ने लागेर काम गरेका छौँ । यसको कथा र पात्रसँग दर्शक सहजै जोडिनुहुन्छ”, उनले भने ।

आगामी पुस ४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा निर्देशक घिमिरेको कथा, गणेश कार्की तथा विशाल घिमिरेको पटकथा, बुद्ध थापाको छायाङ्कन रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ८ : ०३ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग