३ आश्विन २०८३, शनिबार | September 19, 2026

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन एकछत्रता रोक्न ‘एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने’ प्रावधान कानुनमै समावेश गर्नुपर्ने बताएका छन्।

उपाध्यक्ष ईश्वर पोखरेल समूहले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन् । पार्टीको ११औँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक नेतृत्व सम्हाल्ने प्रयत्न भइरहेको सन्दर्भमा उनले ओली लक्षित टिप्पणी गरेका हुन्।

उनका अनुसार ‘जबज’मा भनिएअनुसार दुई कार्यकाल र ७० वर्ष उमेर सीमा लागू हुन नसक्नु नेतृत्वमा व्यक्तिवाद हावी भएको संकेत हो। “स्वयं अध्यक्ष ओलीले जबजको कुरा गर्नुहुन्छ, तर जबजले भनेका सीमा स्वयं कार्यान्वयन हुन सकिरहेका छैनन्,” उनले भने।

पाण्डेले अध्यक्ष ओलीको नेतृत्वमा एमालेलाई लोकतान्त्रिक विधिबाट हटाएर व्यक्तिवादी बनाइएको आरोप लगाए। उनले भने, “लोकतान्त्रिक विधि बोकेको एमालेलाई व्यक्तिवादी बनाइयो। नयाँ पुस्ताले पनि महाधिवेशनमा ‘लिस्ट बाँड्ने पार्टीमा किन जानेरु’ भन्ने प्रश्न उठाएको छ।”

माथिबाट व्यक्ति छान्ने प्रवृत्ति ‘जबज’ विपरीत भएको बताउँदै पाण्डेले पार्टी जनतामाझ कमजोर हुँदै गएको चेतावनी दिए। “पार्टी व्यक्तिवादी ढंगले चल्न थालेपछि जनताको बीचमा साँघुरिने, खुम्चिने र आइसोलेशनमा जाने अवस्था देखिन थालेको छ,” उनले भने।

पाण्डेले पार्टीभित्र लोकतान्त्रिक संस्कृति पुनःस्थापना र नेतृत्वमा समयसीमा सुनिश्चित गर्न कानुनी व्यवस्था अपरिहार्य रहेको निष्कर्ष समेत प्रस्तुत गरे।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : ४१ बजे

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक