२४ मंसिर २०८२, बुधबार | December 11, 2025

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दो‍स्रो संस्करणको पहिलो क्वालिफायरमा आज साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् । भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे सुरु हुनेछ ।

लिग चरणमा यी दुई टिम एकपटक भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउने काम विराटनगरले गरेको थियो । सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेट गुमाएर भेट्टाएको थियो । यही प्रदर्शनले आजको भिडन्तअघि सुदूरपश्चिमलाई प्रतिद्वन्द्वीको तीव्र आक्रामक ब्याटिङको चिन्ता बढाएको छ ।

लिगमा सुदूरपश्चिम ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेकामा विराटनगर १० अंकसहित दोस्रो स्थानमा पुगेको थियो ।

आजको खेल जित्ने टिमले सोझै फाइनल समीप-प्लेअफमा स्थान बनाउनेछ । पराजित टिमले भने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनलमा पुग्ने अन्तिम मौका खोज्नु पर्नेछ ।

इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्ने तालिका छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : ३० बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल