२२ भदौ २०८३, सोमबार | September 7, 2026

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दो‍स्रो संस्करणको पहिलो क्वालिफायरमा आज साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् । भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे सुरु हुनेछ ।

लिग चरणमा यी दुई टिम एकपटक भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउने काम विराटनगरले गरेको थियो । सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेट गुमाएर भेट्टाएको थियो । यही प्रदर्शनले आजको भिडन्तअघि सुदूरपश्चिमलाई प्रतिद्वन्द्वीको तीव्र आक्रामक ब्याटिङको चिन्ता बढाएको छ ।

लिगमा सुदूरपश्चिम ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेकामा विराटनगर १० अंकसहित दोस्रो स्थानमा पुगेको थियो ।

आजको खेल जित्ने टिमले सोझै फाइनल समीप-प्लेअफमा स्थान बनाउनेछ । पराजित टिमले भने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनलमा पुग्ने अन्तिम मौका खोज्नु पर्नेछ ।

इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्ने तालिका छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : ३० बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११